कृष्णनगरको भेली मिलमा आगलागी


जितपुर, कपिलवस्तु: यहाँको एक भेली मिलमा शनिबार आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ । कृष्णनगर नगरपालिका–९ मा रहेको महेश गुण उद्योगमा भेली बनाउने क्रममा दिउँसो आगो बाल्दा हावाहुरीका कारण सो उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । आगलागीबाट ४० क्विन्टल भेली, भेली स्टोर, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा साँझ आगो नियन्त्रणमा आएको मिल सञ्चालक दिनानाथ चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?