जिप दुर्घटनामा आठ घाइते


बागलुङ: सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप आज साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् । घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी बताउनुभयो । घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर जिप दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?