डिन डा बज्राचार्यको निधन


काठमाडौँ: लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको लुम्बिनीमा गए राति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । उहाँका श्रीमती तथा दुई छोराछोरी छन् । त्रिभुवन विश्वविद्यालयमा करीव तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह गर्दैआउनुभएको थियो । ललितपुर निवासी बज्राचार्यको पार्थिव शरीरलाई अहिले निवासस्थल सानेपा, ठूलोढुङ्गा ल्याइसकिएको छ । विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जारी गरेको शोक वक्तव्यमा बज्राचार्यको निधनप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले परिपक्क अभिभावक गुमाएको र अपूरणीय क्षति भएको जनाइएको छ । विश्वविद्यालयले आज शोक मनाउन सम्पूर्ण कार्यालयमा बिदा दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?