भीषण आगलागी


इटहरी: सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ मधुवनस्थित वातर बस्तीमा आगलागी हुँदा ६२ घर परिवारका ८५ वटा घर जलेको छ । गएराती साढे ८ बजेदेखि आगलागी भएपछि मोरङको एक सहित सुनसरीका ५ दमककलले राती १२ बजे सम्ममा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छ । आगलागि कसरी भयो भन्ने बारे अझै जानकारी नआएको उहाँले बताउनुभयो । आगालागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दा, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाहरुले आगो निभाएका थिए । आगलागी  पिडित स्थानीय बासिन्दाले मानवीय क्षति नभएपनि लत्ताकपडा र खाद्यान्न जलेर नष्ट  भएको बताएका छन् ।

उक्त आगलागीमा दुईवटा चौपाया पनि जलेर मरेको पनि पीडितले बताएको वडाध्यक्षले जानकारी दिएका छन्। आगो कसको घरबाट निक्लिएको हो भन्ने यकीन नभएको पनि उनले जानकारी दिनुहुँदै क्षतिको अझै यकिन विवरण आई नसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?