राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन


काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  बधाई सन्देश दिनहुँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गर्नुभएको छ । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई आजै दिनुभएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधामन्त्री ओलीले आज दिनुभएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गर्नुभएको छ । साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?