फ्रान्सले क्रिमियामा भएको ‘रसियाली मतदानलाई’ मान्यता नदिने


पेरिस, फ्रान्स: फ्रान्सले आइतबार क्रिमियाली प्रायद्वीपमा रसियाली राष्ट्रपतिका लागि भएको मतदानलाई मान्यता नदिने बताएको छ । रसियाले चार बर्ष पहिले क्रिमियालाई यूक्रेनबाट लिई आफ्नो भूभागमा जोडेपनि यसलाई पश्चिमी मुलुकहरूले गैरकानूनी भनेका थिए । फ्रान्सको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भनेको छ, “ रसियाली महासंघको प्रतिवद्धताका बाबजुद सीमामा बलको चुनौति दिइनु अन्तर्राष्ट्रिय कानूनको विपरित हो ।”
“फ्रान्सले रसियाली राष्ट्रपतीय निर्वाचनका लागि क्रिमियामा गराएको मतदानलाई मान्यता दिन सक्दैन, ” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “रसियाली निर्वाचनले बेलायत तथा यसका सहयोगी र रसियाबीच पूर्वरसियाली गुप्तचरमाथि बेलायतमा भएको आक्रमणका कारण पछिल्ला दिनमा देखिएको विवादलाई छायामा पारेको छ ।” हमलालाई लिएर तनाव चुलिरहँदा बेलायतले गत शुक्रबार २३ जना रसियाली कूटनीतिज्ञलाई निकाला गर्ने घोषणा गरेको छ भने यसको प्रतिक्रियामा शनिबार रसियाले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको छ । पछिल्लो विवादको केन्द्रविन्दु अर्थात् हमलामा घाइते भएका पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलिया अहिले पनि अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँहरूको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?