एक्कासि हिमपात


हुम्ला: गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?