एनआइसी एसियाको ‘प्रिमियम समुन्नति बचत खाता’ संचालनमा


काठमाडौ: एनआई सी एशिया बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यो खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकि¨ सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिसत छुट प्रदान गरिनेछ ।
मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गर्ने बैकले जनाएको छ । खाता खोलि मोबाइल बैंकि¨ सेवालिए पछि एनटिसी र एनसेलको १ सय रुपैया बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने बैकले जनाएको छ ।
१ हजार रुपैया न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिसतका दरले मासिक ब्याज प्रदान गरिने पनि बैकले जनाएको छ । ग्राहकलाई ५ लाख रुपैयासम्मको दुर्घटनाबीमासुविधा समेत निशुल्क प्रदान गर्ने दावी बैकको छ ।
बैंकको मुलुकभर गरी १८४ शाखा रहेको छ । बैंकको १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफल भएको दावी गरिएको छ । समग्रमा बैंकका ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजार भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५ हजार ३७८ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवाप्रदान गर्दे आएको दाबी बैकले गरेको छ ।
बैंकको सेवाग्राहीको संख्या १० लाखभन्दा बढि पुगेको छ । बैंक ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । बैंकको वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब पुगीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?