कांग्रेस नेता बिजय कोइरालाको निधन


काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गिय सुशील कोइरालाका कान्छा भाइ बिजय कोइरालाको निधन भएको छ ।नेपाली कांग्रेसका इमान्दार नेता समेत रहेका बिजय कोइरालाको ७१ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे निधन भएको उनका छोरा सुधांशु कोइरालाले जानकारी दिए । रगतमा इन्फेक्सन देखिएपछि उनलाई बुधबार काठमाडौं ल्याईएको थियो । उनको उपचारको क्रममा नेपाल मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?