सिभिल बैँकका ५ शाखा विस्तार


काठमाडौं : नयाँ संरचना अनुसार बजारीकरण, आर्थिक गतिविधि तथा ब्यवसायिक चहलपहल बढेसंगै पर्यटकीय जिल्ला लमजुङमा सिभिल बैँकका ५ शाखा विस्तार गरेको छ ।
बित्तीय पहुँच पु¥याउन नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बैंक पु¥याउने नीति लिए अनुरुप सिभिल बैंकले जिल्लाका विभिन्न ५ ठाउँमा आफ्नो शाखाको रुपमा बैँक स्थापना गरेको हो ।
लमजुङका ८ वटा स्थानीयतह मध्ये सिभिल बैंकले ५ स्थानीय तहमा बैंकको शाखा खोलेको छ । ११ पौषमा ५४ शाखाको रुपमा मस्र्याङदी गाउँपालिकामा भुलभुले शाखा, १२ पौषमा,राइनास नगरपालिकामा राइनास शाखा त्यस्तैगरी, २६ फागुनमा दूधपोखरी गाउँपालिकाको गौंडा शाखा र २७ फागुनमा ५७ औँ शाखाको रुपमा मालिङ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैँकको एउटा शाखा बेसीसहर नगरपालिकामा राखिएको छ । यसको औपचारिक रुपमा कारोबार शुरु गर्न बाँकी रहेको छ ।
बैँकले ५ वटा स्थानिय तहमा शाखा विस्तार गरेसंगै जिल्लाका सवै स्थानीय तहमा बैंकको पहँुच पुगेको छ । बेंसीसहर नगरपालिकामा रहेको शाखाको चाडैँ नै औपचारिक रुपमा उद्घाटन गरी कारोबार शुरु गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुुर गुरुङले स्थानीय तहमा बैंक संचालनमा आएपछि दुर्गमका नागरिक खुसी भएको बताए ।
उनले भने दुर्गमका नागरिकहरु सबै जनाले बैँकिङ सेवाबाट बन्चित हुँदै आएतापनि अबदेखि सो समस्या हटेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । हालसम्म नेपालभरी ५७ वटा सिभिल बैँकको शाखा रहेको बैँकले जनाएको छ । बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो रकम पहिलो वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिसत बढि हो । बैंकले यसै त्रैमासिकको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?