घुस लिएको अभियोगमा पक्राउ


भक्तपुर  ः भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज रु १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?