निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण


पथरी, मोरङ: उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुभएको छ । भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिनुभएको हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उहाँले बताउनुभयो । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाउनुभएको छ । बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आउनुभएका उहाँले बिहानको पत्रपत्रिका पढेर गाउँले सजग होउन् भनेर उक्त कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको जानकारी दिंदै आफूले सकुञ्जेल सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने इच्छा भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?