सन्दिप लामिछानेलाई आइपीएल जर्सी


काठमाडौँ: अन्तर्राष्ट्रिय होस या घरेलु प्रतियोगिता। युवा लेग स्पिनर सन्दीप लामिछानेले लगाउने जर्सी नम्बर हो २५। कसैले उसलाई २५ नम्बरको जर्सी लगाउ भनेर सन्दीपले लगाएका होइनन्। सन्दीप आफैको रोजाईको हो, २५।  देल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेलाई १ नंम्बरको जर्सी दिएको छ। दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपका लागि जर्सी लिएर काठमाडौँ आएका हुन्। इण्डियन प्रिमियर लिग आइपिएलमा पहिलोटक छनौट भएका सन्दिपले गौतम गाम्भरीको कप्तानीमा खेल्नेछन्। देल्लीको पहिलो खेल आउँदो अप्रिल ८ तारिखमा पञ्जाब विरुद्ध मोहालीमा हुनेछ। राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले सन्दिपसँगै जर्सी सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?