सानिमा लाइफ एकै दिन तीन शाखा विस्तार


काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक लक्ष्य प्राप्तिका लागि एकै दिन तीन शाखा विस्तार गरेको छ ।
कम्पनीका सञ्चालक घनश्याम थापा, बद्री विशाल घिमिरे, कम्पनीका नायब महाप्रबन्धक केशवराज केसीको उपस्थिति रहेको थियो ।
विस्तारित शाखा काठमाडौंको सोल्टीमोड, भक्तपुरको सल्लाघारी र काभ्रेपलान्चोकको बनेपामा रहेका छन् ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बिमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैंक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समूहद्वारा प्रवद्र्धित संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?