आखाँको शिविरमा दुईसय ८६ को उपचार


इनरुवा: सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।
हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो । सम्पन्न शिविरमा २८६ जनाको आँखा परीक्षण गरेकामा १८ जनालाई मोतियाबिन्दु देखिएकाले थप उपचार र शल्यक्रियाका लागि छनोट गरिएको आयोजक हाम्रो सञ्जाल नेपालका अध्यक्ष सितोष पोखरेलले जानकारी दिनुभयो । छनोट भएका १८ जनालाई शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?