बसको ठक्करबाट गम्भीर घाइते भएपछि पृथ्वी राजमार्गमा तनाव


काठमाडौं: धादिङको धुनिबेसीमा बसको ठक्करबाट एक गम्भीर घाइते भएपछि तनाव भएको छ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ९०४२ नम्बरको बसको ठक्करबाट धादिङ धुनिवेसी–८ का खुजुबहादुर भुजेल गम्भीर घाइते भएपछि त्यहाँ तनाव भएको हो । बसको लापरबाहीले गर्दा घटना भएको भन्दै स्थानीय सडकमा उत्रिएपछि पृथ्वी राजमार्गको सवारी आवागमन अहिले अबरुद्ध भएको छ ।आवागमन रोकिएपछि सवारीको लामो लाइन लागेको छ । बसको ठक्करबाट गम्भीर घाइते भुजेललाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?