खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता


नुवाकोट: ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको हो । कोल्पुटारबाट माझगाउँ हुँदै पुनःकोल्पुटार पुग्ने १३.४ किलोमिटर दूरीको पुरुषतर्फ भूमिराज राई प्रथम, किरण बोगटी दोस्रो र विवेक राई तेस्रो हुनुभयो । महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोस्रो र राजपुरा पछाई तेस्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले जानकारी दिनुभयो ।
दौडमा उत्कृष्ट पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र १०० वर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गनुभयो । प्रतियोगितामा महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको थियो ।
यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिताअन्तर्गत २९ जना सम्मिलित ४.ं५ किमी प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोस्रो र सुवास थापा तेस्रो हुनुभयो ।
यसैगरी, महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोस्रो र लक्ष्मी थापा तेस्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिनुभयो ।
स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिताले यहाँको पर्यटकीयस्थलको प्रवद्र्धन, खेलक्षेत्रको विकास तथा शारीरिक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?