भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु


नयाँ दिल्ली: भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो । आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो । उक्त रिक्सामा १४ जना यात्रु रहेका थिए । अरु यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार उक्त रिक्सामा धेरैजना यात्रु राखिएको र द्रुत गतिमा चलाउँदा अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनाबाट सो रिक्सामा रहेका चार जना महिला र छ बालबालिकाको ज्यान गएको छ । बाँकी चारजना घाइतेको यहाँको स्थानीय अस्तालमा उपचार भइरहेको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?