विवाह गर्दै सोनम कपुर


मुम्बईः बलिउड अभिनेत्री सोनम कपुरको विवाह आगामी १२ मेमा हुने पारिवारिक सूत्रले खुलासा गरेको छ । अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनमले दिल्लीका फेसन इन्टरप्रेटर तथा व्यवसायी आनन्द आहुजासँग विवाह गर्ने निधो भएको हो ।
यी दुईबीच केही वर्षयता प्रेम सम्बन्ध रहँदै आएको छ । एक महिनाअघि सोनमकी काकी एवं अभिनेत्री श्रीदेवीको निधन भएकाले सोनम र आनन्दको विवाह विदेशमा गरिने निधोमा कपुर परिवार पुगेका छन् । यी दुईको विवाह स्विट्जरल्यान्डको जेनेभामा हुने समाचार बाहिर आएको छ । यी दुईको विवाहको तयारीमा दुवै परिवार जुटेको पनि समाचार आएको छ । सोनमले आफ्नो विवाहका लागि कोलकातामा गहना अडर गरेकी छन् । एजेन्सीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?