ब्राजिलले जर्मनीलाई हरायो, इंग्ल्यान्ड-इटाली बराबर


लन्डन: मैत्रीपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० ले पराजित गरेको छ ।ब्राजिलले चार वर्षअघि विश्वकप फुटबलमा जर्मनीसँग हारको बदला मात्र लिएन, जर्मनीको पछिल्लो अपराजित यात्रामा पनि पूर्णबिराम लगाइदियो । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो । अर्को खेलमा इंग्ल्यान्ड र इटाली १-१ को बराबरीमा रोकिए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय बाँकी रहँदा इटालीले पेनाल्टी पायो । लोरेन्जो इन्सिन्याले पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । अन्य खेलमा बेल्जियमले साउदी अरेबियलाई ४-० ले हरायो । फ्रान्सेले रसियालाई ३-१ ले पराजित गर्यो । अस्ट्रेलिया र कोलोम्बियको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?