विद्रोहीको आक्रमणमा परी कंगोमा दश जनाको मृत्यु


बेनी, कंगो: लोकतान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूह एलिड डेमोक्रयाटिक फोस (एडीएफ) को आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । देशको उत्तर किभु प्रान्तमा पर्ने बेनी भन्ने ठाउँमा मंगलबार राती भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । यस आक्रमणमा परी मारिएका सवै जना निर्दोष आमनागरिक भएका सरकारी सेनाका प्रवक्ता क्याप्टेन माक अजुकायीले बताउनु भयो ।
सेनाले सुरक्षा कारबाही सुरु गरेको केही घण्टापछि आक्रमणकारीहरु त्यहाँबाट भागेका उहाँले जानकारी दिनुभयो । आक्रमणमा परी अन्य केही आमनागरिकहरु पनि घाइते भएका जनाइएको छ ।
बेनीका स्थानीय श्रोतहरुले सिन्ह्वालाई दिएको जानकारीअनुसार उच्च सतर्कतासहित सेनाले सुरक्षा कारबाहीलाई निरन्तरता दिएको छ । केही समयको विश्रामपछि विद्रोही समूह एडीएफले युगान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा आतङ्ककारी गतिविधि बढाएपछि सरकारी सेनाले पूर्वी कंगोमा सुरक्षा कारबाहीलाई जारी राखेको छ । (सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?