टिपरको ठक्करबाट एकको मृत्यु


राजविराज: पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा नवराजपुर गाउँपालिका–१ बस्ने ३० वर्षीय सञ्जय यादव रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । स १क १७९ नंको टिपरले यादव सवार ६प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार सिरहा नवराजपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय अमितकुमार यादवसमेत घाइते भएकामा उपचारका लागि न्यूरो अस्पताल विराटनगरमा पठाइएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।

आगलागी 
रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारका रामकुमार यादवको घरमा विद्युत चुहिई आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा र भाँडाकुडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी बस्तीका बीचमा भएकाले चारैतिर मान्छे जुटी ठूलोक्षति हुनबाट जोगाइएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?