त्रिपोलीका नगर प्रमुख अज्ञात समूहद्वारा अपहरित


त्रिपोली, लिबिया (सिन्ह्वा): लिबियाको त्रिपोली शहरका नगर प्रमुख अब्द्राउफ वाइटेलमाललाई बिहीबार एक अज्ञात समूहले अपहरण गरेको छ । वाइटेलमालको कार्यालयले दिएको जानकारी अनुसार केही अपरिचित व्यक्तिको एक समूहले विहानै घर घेरा हाली अपहरण गरेर लगेका जनाएको छ । नगर परिषद् सदस्य तथा मध्य त्रिपोलीका बासिन्दाहरूले वाइटेलमालको अपहरणको समाचार उहाँलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेपछि थाहाभएकोले उहाँको सुरक्षाका लागि केही गर्न नसकेको नगरपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । विज्ञप्तिमा भनिएको छ, “अपहरणमा परेका नगरप्रमुखको जीवन सुरक्षा तथा उहाँको तत्काल रिहाइका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाउन शीघ्र पहल थाल्न आग्रह गरिन्छ ।”
यसैबीच लिवियाका लागि बेलायती राजदूत फ्रान्क बेकरले वाइटेलमालको अपहरणबारे चासो व्यक्त गर्नुभएको छ । बेकरले अपहरणमा परेका नगरप्रमुखलाई सुरक्षित तत्काल रिहा गर्न आग्रह गर्दै उहाँले ट्वीटमार्फत भन्नुभएको छ, “ यो लिवियाली जनताको सुरक्षामा खतरा भएको एउटा सङ्केत हो ।” नगरप्रमुखको अपहरणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?