आज रसुवागढी र सान्जेन जलविद्युतको साधारण शेयर बाँडफाँड हुँदै, पैसा फिर्ता बिहीबारबाट मात्र


काठमाडौं: रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको बाँडफाँड आज २ बजे हुने भएको छ। दुबै कम्पनीले पहिलो चरणमा संचयकर्ताको लागि फागुन ११ देखि ३० गतेसम्म प्राथमिक शेयर निष्काशन गरेका थिए भने दोस्रो चरणमा चैत्र ५ देखि १३ गतेसम्म निष्काशन गरेका थिए। दुबै कम्पनीले शेयर बाँडफाँड गरेपछि शेयर बापतको पैसा कटाएर बाँकी रकम बिहीबारबाट आवेदकले फिर्ता पाउने बिक्री प्रवन्धकले जनाएको छ। बैंकहरुले आवेदन दिएपछि पैसा लक गर्ने र बाँडफाँडपछि परेको शेयरको पैसा कटाउँदै नपरेको पैसा छुट्याउन समय लाग्ने हुँदा बिहीबारसम्ममा रकम फिर्ता हुने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?