एस्काभेटरसहित ट्र्याक्टर पक्राउ


दाङ: जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ । पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।
सो क्षेत्रमा ठेकेदार वसन्त कुँवरले अवैध रुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन् । अवैध रुपमा गरेको ढुंगा उत्खननले गाउँमा जाने सडकसमेत भत्किएको छ । खोला पनि खण्डर भएको छ । प्रजिअ तथा जिल्ला अनुगमन समतिका संयोजक प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठका अनुसार त्यस क्षेत्रबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको बताउनुभयो । ‘‘खोलाबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको अनुगमनमा फेला परेको छ’’, प्रजिअ श्रेष्ठले भन्नुभयो, “आवश्यक कानूनी कारबाही हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?