पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने


सोल: दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाइ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको जानकारी एक अदालतले दिएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको बताइएको छ । उहाँलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ । उहाँलाई दिइने उक्त जेल सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ ।
पूर्व राष्ट्रपति हाई हाल थुनामै हुनुहुन्छ । उहाँमाथिको कारबाहीको जानकारी उहाँले नै प्रत्यक्ष हेर्न र सुन्न पाउनेगरी यस्तो प्रशारण गर्ने व्यवस्था गरिएको जानकारी अदालतको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको छ । सन् २०१७ को मार्च महिनामा उहाँलाई नियन्त्रणमा लिइएको थियो । अहिले पनि उहाँ हिरासतमा हुनुहुन्छ ।
उहाँले गरेको भनिएको भ्रष्टाचारमा उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै यहाँका सरकारी वकिलहरुद्वारा गरिएको छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् । पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुहुन्थ्यो । उहाँमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्धा चलिरहेको छ ।
सो मुद्धामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको थियो । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ । शुक्रबार उहाँको मुद्धाको फैसला हुने अनुमान गरिएको छ । यस टेलिभिजन प्रशारणका विषयमा अदालतले अनुमति दिने भएको छ । शुक्रबार अपरान्ह गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रुपमा सुनाइने छ । यस्तो प्रशारणको प्रचलन दक्षिण कोरियामा पहिलो पटक हुन लागेको हो । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?