सन्राइजको कार्ड मार्फत भुक्तानी छुट


काठमाडौं : सन्राइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोर विच मुलुकभर संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरमा कुनैपनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट दिने सम्झौता भएको छ ।
सन्राइज बैंककातर्फ बाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फ बाट प्रबन्ध निर्देशक वलराम आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसा सँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका ५ वटा शाखाहरुबाट सन्राइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड बाट हुने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने बिज्ञप्तिमा उल्लेख छ ।
बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिने पनि बैकले जनाएको छ । यो योजना नया बर्षदेखी सुरु हुदैछ । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?