एमभी दुगडको पियाजियोमा सिभिल र माछापुच्छ«ेको लगानी


काठमाडौ: तीनपांग्रे सवारी साधन पियाजियोमा सिभिल,माछापुच्छ«े तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझप्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् ।
उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ«े बैंककातर्फबाट चिफबिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका हुन ।
नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीन पांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालनगर्न सकिने कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानीगर्ने बताएको छ । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजनागर्न सहजभएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?