प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु


कपिलवस्तु: शिवराज नगरपालिकास्थित शिवशक्ति युवा क्लबको आयोजनामा ५ नं प्रदेशस्तरीय खुला टि–२० न्यु इयर कप २०७५ क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ ।
प्रतियोगितामा प्रदेश नं ५ का १० टोलीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कपिलवस्तुको पहिचान र खेलको सम्मान गर्नाका साथै अनुशासित र मर्यादित खेलाडी निर्माण गरी राष्ट्रको विकास गर्ने उद्देश्यले खेल अयोजना गरिएको शिवशक्ति युवा क्लब खेल व्यवस्थापक मोहन पौडेलले बताउनुभयो । प्रतियोगिता विजेताले रु ६० हजार र उपविजेताले रु ३० हजार प्राप्त गर्नेछन् । खेल आगामी वैशाख ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?