एनआईसी एशियाको शाखा विस्तार


काठमाडौ : एनआईसी एशिया बैंकले शाखा विस्तार कार्यलाई तिव्रता दिएको छ । सोही क्रममा बैकले गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको मंगलबार एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल एवं बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई बैकले अवलम्बन गरेकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधा प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको बैंकले विभिन्न ग्राहकमुखी योजना ल्याएको छ ।
बैंकलाई सर्वसाधारणले देखाएको विश्वास, अगाध स्नेह र भरोसाको कारण मुलुकभर गरी १९२ शाखा कार्यालय, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक भएको दावी गरेको छ ।
बैंकको वासलातको आकार १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

बैक र आई एफ सी वीच सम्झौता
काठमाडौँ : एन आई सी एशिया बंैक र आई एफ सी वीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा कर्जा सम्झौता पत्र आदान प्रदान गरेको छ ।
उक्त कर्जा सम्झौता पत्र आदान प्रदान समारोहमा बंैकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा आई एफ सीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएका थिए । दीर्घकालीन कर्जा सापट लिनको लागि बंैकले नियमनकारी निकाय नेपाल राष्ट्र बंैकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ ।
देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बंैकले अन्तर्राष्ट्रिय बंैक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको हो ।
उक्त कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास बंैकले लिएको छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बंैकले आई एफ सी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बंैकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बंैकले लिएको छ । यससँगै वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बंैक निजी लगानीमा स्थापित बंैकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?