कुमारी बैंकको बिरगञ्ज शाखामा वृक्षारोपण


काठमाडौ : कुमारी बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको बिरगञ्ज शाखाले वृक्षारोपण कार्यक्रम आयोजना ग¥र्यो ।
कार्यक्रममा महानगरपलिकाका मेयर बिजय कुमार सरावगी तथा शाखा प्रबन्धक राजेश प्रसादले बिरगञ्ज शाखा परिसरमा १० वटा विरुवा रोपेका थिए । कार्यक्रममा बिरगञ्ज महानगरपलिकाका मेयर बिजय कुमार सरावगी, वडा अध्यक्ष राम नगिना शाह, बिरगञ्ज महानगरपलिकाका संचालक समितीका सदस्य सुशिल शाह एवंम स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो ।
सोही उपलक्ष्यमा बैंकले साता व्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । बैंकले प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वसनिय र सबल बैंकको रुपमा देखिने दावी गरेको छ । हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ए.टी.एम् द्वारा आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?