चट्याङ लागेर मृत्यु


सुरुङ्गा,झापा: वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उहाँको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?