बिना अभ्यास थापाले जिते दुई स्वर्ण


बाजुरा: यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् ।
यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागि हुनु भएको छैन । “विद्यालयमा अभ्यास नै नगरी पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ,” उहाँले भन्नुभयो । राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ ।
राससकर्मीसहित चारजना सम्मानित 
जिल्ला खेलकूद विकास समितिले १०आँंै राष्ट्रपति रनिङ शिल्डका अवसरमा राससकर्मीसहित पाँचजना पत्रकारलाई सम्मान गरेको छ । जिल्लाको खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिको बाजुरा समाचारदाता प्रेमबहादुर रौले, नागरिक दैनिकका कृष्ण ओली, नयाँ पत्रिकाका गगन ऐडी, एभिन्युज टेलिभिजनका लक्ष्मीराज पाध्या र माउण्टेन टिलिभिजनका मदन विकलाई सम्मान गरेको हो । यस्तै रेडियो बाजुरा, रेडियो पौरखी र रेडियो बूढीनन्दालाई समेत सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?