सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध: मुख्यमन्त्री भट्ट


कैलाली: प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उहाँले भन्नुभयो, “विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।” मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उहाँले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गर्नुभएको हो । यसअघि उहाँकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।
मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस् भन्नुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुग्नुभएका मुख्यमन्त्री भट्टले आज बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराउनुभयो । देशभरि वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?