सुरक्षा कारबाहीमा गाजनीमा १६ तालिवान लडाकूको मृत्यु


गाजनी, अफगानिस्तान: अफगानिस्तानको पूर्वी गाजनी प्रान्तमा अफगानी सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा १६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद जमान खोस्तीले मङ्गलबार बताउनुभएको छ । उक्त घटनामा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ । अधिकारीका अनुसार अलिखिल क्षेत्रमा गस्ती गरिरहेको प्रहरी समूहमाथि तालीवान विद्रोहीले धराप विष्फोट गराई आक्रमण गरेपछि शुरूभएको दोहोरो भिडन्तमा विद्रोहीतर्फ ठूलो सङ्ख्यामा क्षति भएकोे छ । झडपपछि कतिपय घाइतेलाई विद्रोहीले बोकेर लगेको प्रहरीले जनाउको छ ।
प्रहरी प्रमुख खोस्तीले घटनामा सेनातर्फ भएको क्षतिबारे केही बताउन चाहनुभएन । जनीमा आश्रयस्थल बनाउँदै आएका तालिवान विद्रोहीले भने घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । अफगानिस्तानमा तालिवान विद्रोहीले सन् १९९६ देखि सन् २००१ सम्म सत्ता सम्हालेको थियो । तर अमेरिकी नेतृत्वमा तालिवानबाट सत्ता फिर्ता लिएपछि सन् २००१ पछि अहिलेसम्म भएका झडपमा हजारौँको सङ्ख्यामा अफगान नागरिकले ज्यान गुमाएका छन् ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?