बर्दियाको बाँसगढीमा एभरेष्ट बैकको शाखा विस्तार


काठमाडौ : एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा शाखा विस्तार गरेको छ । बाँसगढी शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन । कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
क्यामे रेटिङमा बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाहय सन्जाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?