लिवियाका प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास


त्रिपोली, लिविया: लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ । बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उहाँमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । आक्रमणबाट उहाँको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उहाँमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?