त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो , मालिन्दो एयर चौरमा भासियो


काठमाडौं :मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको छ। काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो । राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो । जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।

उडान अवतरण प्रभावित

अग्नि नियन्त्रक, एम्बुलेन्स, सुरक्षाकर्मीसहित ठूलो संख्यामा उद्धारकर्मी तत्काल जहाज भएको ठाउँमा पुगेका थिए । उनीहरुले सबै यात्रुहरुलाई ओरालेपछि जहाजलाई पार्किङ क्षेत्रमा लग्ने प्रयास जारी छ ।

दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् । तत्कालका लागि अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?