सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु


अमान: जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ । सांसद र उहाँका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी सांसद अमाम्रेह उहाँका श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन । त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गर्नुभएको छ । जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?