नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते


वासिङ्टन, संयुक्त राज्य अमेरिका: अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ ।
आक्रमणकारीलाई घटनास्थलसम्म पु¥याएको गाडी २९ बर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उसको सम्लग्नता भएको आशङ्कामा उक्त व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ । तर घटनाबारे जानकारी गराउँदै वाफल हाउस, ३५७१ मफरिसबोरो पाइकमा परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले विहानै ३ः२५ बजे गोली चलाउँदा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ । आक्रमणकारीको हतियार रेष्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि उक्त व्यक्ति खाली खुट्टा भागेको बताइएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?