‘बिग बोस’मा सलमानसँगै कट्ररिना


मुम्बई: बलिउड अभिनेता सलमान खानलाई टेलिभिजन रियालिटी सो ‘बिग बोस’ एक्लै सञ्चालन गर्न हम्मेहम्मे पथ्र्यो । सोका प्रतियोगीलाई उनी एक्लैले नियन्त्रण गर्थे । तर अब सलमान यसपटक सोमा एक्लै हुने छैनन्। यसपटकको १२ औं संस्करणको सोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री कट्रिना कैफले साथ दिँदैछिन् । पछिल्लो पटक अभिनित फिल्म ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउनेछन् ।सलमान र कट्रिना यो सोका लागि चाँडै नै तयारीमा जुट्दैछन् । कलर्स च्यानलबाट प्रसारण हुने यो सोको घोषणा ‘राइजिङ स्टार २’को फाइनल भागमा गरिएको थियो । यो सो लगत्तै च्यानलले ट्वीटरमा ‘बिग बोस’को नयाँ संस्करणको थिमबारे जानकारी दिँदै ट्विटेको थियो । ‘बिग बोस १२’ चाँडै नै टेलिभिजनमा आउँदैछ । हामी सोको जोडीको खोजीमा छौं । बिग बोसको घरमा दुई गुणा रमाइलो गर्न आफ्नो पार्टनरलाई पनि ल्याउनुहोला,’ च्यानलले ट्वीटरमा ट्विटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?