मोदी २८ गते आउँदै


काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि यही वैशाख २८ मा काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई सोबार बिहान अनुमोदन गरेपछि मोदीको भ्रमण मिति टुंगो लागेको हो । तर पनि दुवै देशका तर्फबाट औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका रुपमा मोदीको नेपाल भ्रमण यो तेस्रो पटक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?