समाको हट तस्बिरले तहल्का


निकै पहिलेदेखि बलिउडमा सक्रिय भएर पनि खासै चर्चामा आउन नसकेकी अभिनेत्री समा सिकन्दर अहिले फुर्सदिलो  छिन् । समा पछिल्लो समय विदेशतिरै हराइरहेकी छिन् । केही समयअघि उनी एक वेब सिरिजमा समेत देखा परिन्, जहाँ उनको हट अवतारको धेरैले प्रशंसा गरे । समा हिजो आज सोसल मिडियामा निकै सक्रिय छिन् । सोसल साइट इन्स्ट्राग्राममा साढे ४ लाखभन्दा बढी फलोअर्स भएकी सिकन्दरको इन्स्टाग्राममा एउटा नयाँ तस्बिर पोस्ट भएको छ, जसको सबैले प्रशंसा गरेका छन् । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ— याद सधैं रहनेछ । यो तस्बिरमा उनी अस्ट्ेरलियाको समुद्री किनारामा घाम तापिरहेकी देखिन्छिन् । इन्स्टाग्राममा राखिएको  तस्बिरले यी असफल अभिनेतृलाई एकाएक हिट बनाएको छ  सामाजिक सञ्जालमा । एजेन्सीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?