चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु


अबुजा, नाइजेरिया: नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले घाइतेको सङ्ख्या एकीन भैनसकेको जनाएको छ । स्थानीयबासीले घटनामा अन्य नाइजेरियाली आक्रमणमा जस्तै चौपाया लुट्न सक्रिय एक समूहको योजना अन्तर्गत उक्त व्यक्तिले गोली चलाएको हुनसक्ने आशङ्का गरेका छन् । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?