मोदी र सी जिन पिङ बीच भेट वार्ता


काठमाडौंः अनौपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनका लागि चीन पुगेका छन्। बिहीबार राति मोदी हुवेई प्रान्तको राजधानी वुहान पुगेका हुन् । आजै ३ बजे चिनियाँ राष्ट्रपति सी जिन पिङलाई भेट्ने छन्। दुई नेताबीच एक्लाएक्लै हुने भेट हुवेई प्रान्तीय संग्राहलयमा तय भएको छ। भेट पछि दुबै नेताले संग्रहालयको अवलोकन गर्नेछन्।
त्यसपछि दुई देशका प्रतिनिधि मण्डलबीच कुराकानी हुनेछ। प्रतिनिधि मण्डलमा दुबै देशबाट छ छ जना सदस्य हुनेछन्। राष्ट्रपति सीले मोदीको सम्मानमा साँझ इस्ट लेक गेष्ट हाउसमा रात्रीभोजको तय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?