चीनमा चक्कू प्रहारबाट सातको मृत्यु, १२ जना घाइते


बेइजिङ, चीन: चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ ।
एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते सवै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन् । मृतक तथा घाइते सवैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ ।
झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?