डा. उपेन्द्र देवकोटा न्यूरो अस्पतालमा उपचाररत


काठमाडौंः न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा ५ महिना उपचारपछि नेपाल ल्याइएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उनको थप उपचार भइरहेको छ । यति लामो समय बाहिर उपचार गरेपछि अब नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।
अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनलाई लागेको रोगको विषयमा विज्ञप्तिमा उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?