हलिउडको फिल्मको युटुबमा धमाका, दुई दिनमा दुई करोडले हेरे


हलिउडः हलिउडको फिल्म एभेन्जर इनफिनिटी वारपछि नयाँ फिल्मको टेलरले अहिले सोसल मिडियामा धमाका मच्चाउँदै भाइरल बनाएको छ । भारतमा त्यो टेलरलाई सोनी पिक्चर्स इन्टरटेनमेन्टको आधाकारिक च्यानलका तर्फबाट रिलिज गरिएको छ । मानिसहरुलाई आकर्षित गर्ने यो फिल्मको नाम बेनम हो । यसमा टम हार्डि, मिसेल विलियमस्, रिज अहमदको मुख्य भूमिका रहेको छ । युटुबमा बेनमको टेलरले ठूलो व्यापार गरिरहेको छ । अहिलेसम्म युटुबको टेड्रिङमा टप ३ मा चलिरहेको बताइएको छ । वास्तविक कुरा के छ भने बेनमको टेलरल रिलिज भएको दुई दिनमै दुई करोडभन्दा बढी मानिसले देखेका छन् । त्यतिमात्र होइन् दुई दिनमा ८ लाखभन्दा बढी मानिसले लाइक गरेका छन् । समाचारअनुसार यस फिल्मको कथा एउटा फिक्सन नाटकबाट प्रभावित रहेको छ जहाँ एउटा अलग प्रकारको जीव देखाइएको छ । यो फिल्मको टिजर तथा पोस्टर पहिले नै रिलिज गरिएको थियो जसलाई दर्शकहरुले मन पराएका थिए ।
यसमा मुख्य भूमिका रहेका नायक स्पाइडरम्यान ३ मा पनि देखिएका थिए । बताइए अनुसार बेनमलाई मार्वेल कम्क्सिले सन् १९८८ मा बनाएको थियो । अब यो फिल्मका बारेमा अनुमान के गरिएको छ भने यसलाई नयाँ टेस्टका रुपमा हलिउडका दर्शकले मन पराउने छन् ? यद्यपी प्रारम्भिक चरणमा भने यसमाथि रेस्पोन्स राम्रै रहेको छ ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?