पद्मावतलाई पछि पार्दै एभेन्जर्स इन्फिनिटी वार


सबै ग्रहमाथि कब्जा गरेर पृथ्वी ध्वस्त गर्ने धम्कीविरुद्ध २२ सुपरहिरोहरु एकै ठाउँमा
हलिउडः इन्डियन प्रिमियर लिगको एकातिर धमाका चलिरहेको बेलामा हलिउड फिल्म एभेन्जर्स इन्फिनिटी वारको धमाका कायम रहेको छ । फिल्मले शुक्रबार रिलिज भएको चौथो दिन पुग्दा १ सय १५ करोड रुपैयाँको कारोबार गरेको छ । २२ जना सुपर हिरोले एक भए पनि थानोसलाई हराउन सकेनन तर थानोस्ले पद्मावतको पछिल्लो रेकर्डलाई तोडिदिएका छन् । फिल्म पद्मावतले चार दिनमा केबल ७५ करोड रुपैयाँको कमाइ गरेको थियो जब कि त्यतिबेला गणतन्त्र दिवसको छुट्टीको फाइदा पनि उसलाई मिलेको थियो । सुरुवाती हप्ताको कमाई हिसाव गर्ने हो भने पद्मावतलाई पछारेर एभेन्जर्स इन्फिनिटी वारले सन् २०१८ को पहिलो रेकर्ड कायम गरेको छ । मंगलबार मे दिवसको छुट्टिका कारण त्यो टेन्ड बढेर अगाडि गएको छ । फिल्म क्षेत्रका व्यापारिक पण्डितका अनुसार यो फिल्मले पहिलो हप्तामा यो रुझान कायम भयो भने १ सय ७५ करोडसम्मको आम्दानी गर्न सक्छ । यो फिल्मको आकर्षण र बजार यसरी जाने हो भने यसले ३ सय करोडसम्म कमाउने अनुमान गरिएका छन् । एभेन्जर्स इन्फिनिटी वार भारतमा हलिउडको सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मका रुपमा देख्न थालिएको छ । भारतमा यसको लोकप्रियताका कारण अंग्रेजीवाहेक भारतका सबैजसो क्षेत्रीय भाषामा पनि रिलिज गरिएको छ ।
मार्बल कमिक्सका सुपर हिरोमा आधारित फिल्म एभेन्जर्स इन्फिनिटी वार दर्शकहरुले लामो सयमदेखि कुरेको फिल्म थियो जसलाई यो शुक्रबार सार्वजनिक गरिएपछि दर्शकहरुको कौतुहलता समाप्त भएको छ । यो फिल्ममा २२ जना सुपरहिरोहरुलाई देखाइएको छ भने यति ठूलो संख्यामा सुपर हिरो कुनै फिल्ममा एकै ठाउँमा देखिएका थिएनन । यसका साथै थानुस् जस्तो खतरनाक र शक्तिशाली खलनायकले सिनेमालाई रोमान्चक बनाएका छन् । एभेन्जर्स इन्फिनिटी वारले एक दशकको मेहनतपछि यो नतिजा निकालेको छ । फिल्ममा ती सबै मसलाहरु राखिएका छन् जसलाई दर्शकहरुको मन जित्न सक्छ । दर्शकहरुलाई आफ्नो फ्यान बनाउनका लागि फिल्म निर्माताले राम्रै ध्यान दिएका छन् । फिल्मको कथा पुरै युनिभर्सलाई रक्षा गर्ने कुरामा केन्द्रीत रहेको छ । मार्बल सिनेमेटिक युनिभर्स एकैचोटी शक्तिशाली थेनोससँग मुकाबिला गर्ने फैसला गर्दछन् किनकी उसले पृथ्वीलाई समाप्त गर्ने धम्की दिन्छन् । उसले लगभग सबै जसो ग्रहहरुमाथि कब्जा जमाउन सफलता प्राप्त गर्छ । त्यसपछि सबै हिरोहरु मिलेर थानोसलाई रोक्नका लागि हात मिलाउँछन् । मार्बल सुपरहिरो सिरिजको यो १९औं फिल्म हो । यो फिल्मको कथालाई बुझ्नका लागि तपाईले सबैभन्दा पहिले एभेन्जर्स सिरिज, क्याप्टेन अमेरिका सिरिज र ब्लाक प्यान्थर जस्ता फिल्महरु हेर्नुपर्ने हुन्छ । यदि तपाईले यसो गर्नु भयो भने यो फिल्म हेर्नुको मजा तपाईलाई दुई गुणा हुनसक्छ । फिल्मको डाक्रेक्सनको योग्यता के छ भने– कथालाई यताउता गर्नमा कुनै हतार गरिएको छैन । फिल्म अगाडि बढ्दै जाँदा त्यसको रहस्य र पर्दाहरु खुल्दै जान्छन् । त्यसैले दर्शहरुका लागि पनि यो रोमान्चक मात्र होइन् कौतुहलता पूर्ण पनि छ । सम्पूर्ण फिल्म एक्सन ओरियन्टेट छ । सबै कलाकारहरुले आफ्नो भूमिकामा इमान्दारीता देखाइरहेका छन् र उनीहरु कुशलता पूर्वक भूमिकामा देखिन्छन् । साढे दुई घण्टाको फिल्मले दर्शकहरुलाई आफूसँग राख्न सफलता प्राप्त गरेको छ । फिल्म हेर्न हलभित्र पसेका दर्शकहरुलाई फिल्मले भरपुर आनन्द दिन्छ । फिल्ममा एक मात्र खलनायक थानुस्को भूमिकालाई बलियो बनाइएको छ । यदि तपाईले एभेन्जर्स सिरिजका फिल्महरु हेर्नु भएको छ भने यसलाई कुनै हालतमा पनि नछुटाउनुहोला । तपाईलाई नयाँ अनुभूति हुनेछ । एभेन्जर्स इन्फिनिटी वार एउटा धेरै महत्वकांक्षी फिल्म हो । यो भारतीय सिने जगतमा हलिउडपछि सबैभन्दा ठूलो धमाका सहित रिलिज भएको छ । फिल्मको अघिल्लो दिनको बजार भारतीय सिनेमा बाहुबलिलाई पनि पछाडि छोडेको छ । फिल्मका लागि मार्बल स्टुडियोले पनि धेरै मार्केटिङ गरेको थियो । फिल्मको स्क्रिन प्लेका लागि क्रिस्टोफर मार्कस र स्टीफेन म्याक्लिफीको प्रसंसा गर्नेपर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?