एकसय दुई बर्षको बुढो बने अमिताभ


मुम्बई: बलिउडको दुई ठूला नायक अभिताभ बच्चन र ऋषि कपुर २७ बर्षपछि एउटै पर्दामा देखिदैछन । तीन दशकको लामो बिश्रामपछि दुबै कमेडी १०२ नट आउटमा शुक्रबार सार्बजनिक हुदैछन । यो मूभिलाई उमेश शुक्लाले निर्देशित गरेका छन । अमिताभ बच्चनले १०२ बर्षको बुढोको भूमिकामा आफुलाई उभ्याउदैछन जसले ११८ बर्ष बाचेर बिश्व रेकर्ड तोडने इच्छा राखेका छन । उनले त्यसकालागि आफना ७५ बर्षका छोरासंग पनि एक प्रकारको प्रतिष्प्रधाको सोच पनि बनाउछन । बलिउड नायक अमिताभले पीटीआईलाई भने २७ बर्षको ग्याप पछि दुबैका यो भूमिका साइकल भर्खरै सिकेजस्तो पनि हो । सन १९७० शोले र जन्जीरबाट अभिनय शुरु गरेका थिए । अमिताभ एउटा रिसाहा नायकका रुपमा पनि बलिउडमा चर्चित थिए ।अमिताभको नायकको छबि अन्याय बिरुद्ध बिरुद्ध लडने पात्रका रुपमा चर्चित छ । ऋषि कपुर भारतको एउटा चर्चित परिबार बाट फिल्म क्षेत्रमा प्रबेश गरेका थिए । उनी रोमाण्टीक हिरोको रुपमा सन १९७३ मा बबीबाट आफनो रोलमा देखिएका थिए । बच्चन र कपुरको पहिलो फिल्म एकसाथमा सन १९७६मा कभी कभी केही समयको भूमिकामा देखिएको थियो । अमर अकबर एन्थोनीमा सन १९७७ नसीबमा सन १९८१ कुल्लीमा सन १९८१ मा खेलेका थिए । त्यस्तै अजुवामा सन १९८३ मा देखिएका थिए ।अभिताभले सिनेमाको प्रोमोशनल समारोहमा एएफपीसंग कुरा गर्दै अमिताभ बच्चनले भने कभी कभीमा सौतेले बाबु , अमर अकबर एन्थोनी र नसीबमामा दाजुभाई कुल्लीमा साथीभाईको भूमिकामा खेलेको पनि बताए । १०२ नट आउट इन कथालाई गुजराती लेखक सुमया जोशीको रचनाबाट लिइएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?